Logo
|
Saturday 20th April 2024
Logo

epaper

संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाउनुभएको थियो ।

आगो सल्किएपछि गम्भीर घाइते भएका उहाँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उहाँको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनी आफू हरेक क्षेत्रबाट निराश भएको बबताउनुभएको थियो ।

आत्मदहको निर्णय अघि उहाँले निकै लामो निरासाको स्टाटस लेख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्