Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मृतक प्रेम आचार्यको उपचारमा लागेको सबै खर्च कीर्तिपुर अस्पतालले बेहोर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कीर्तिपुर अस्पतालले इलामको सूर्योदय नगरपालिकाका प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सबै खर्च बेहोर्ने भएको छ ।

अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरि मृतकका परिवारको राहत स्वरूप आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च छुट दिने जनाएको छ ।

४० वर्षीय आचार्यको हिजो ३ बजेबाट सो अस्पतालको आकस्मिक विभागमा उपचार भएको थियो । आचार्यको आज बिहान ६ बजे उपचारकै क्रममा निधन भएको छ।

आचार्यले हिजो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आफैलाई पेट्रोल छर्किएका आचार्यलाई ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्