Logo
|
Friday 29th March 2024
Logo

epaper

विमान दुर्घटनामा परेका ६ जनाको डीएनए परीक्षण, आफन्त भन्छन्–’छिटो अन्तिम संस्कार गर्न पाऔँ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका केही यात्रुका आफन्तहरूले शव पहिचान हुन नसक्दा अन्तिम संस्कार गर्न नपाएको दुखेसो व्यक्त गरेका छन्।

दुर्घटनामा ज्यान गुमाएकामध्ये छ जनाको शव पहिचान हुन नसकेपछि डीएनए परीक्षणका लागि सङ्कलित नमुना केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

परीक्षण र पहिचानमा संलग्न विज्ञहरूका अनुसार शरीर डढेको र अङ्गभङ्ग भएकाले शवका आधारमा मृतकको पहिचान गर्न नसकिएको हो।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागले डीएनए परीक्षणको परिणाम र त्यसका आधारमा मानिस चिन्न समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ।

गत साता पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलका सदस्यसहित सबै ७२ जनाको मृत्यु भएको ठानिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले ७१ जनाको शव वा शरीरको अवशेष फेला परेका छ। तर एक जनाको अवस्था अज्ञात छ। बीबीसीबाट

हेर्नुहोस् बीबीसीका कमल परियारले बनाएको यो भिडिओ।

प्रतिक्रिया दिनुहोस्