
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क लिमिटेडका ग्राहकहरूले चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा विशेष छुट पाउने भएका छन् ।
बैङ्कका भिषा डेविट कार्डवाहक ग्राहकहरूले काठमाडौँको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पतालमा यस्तो छुट पाउने भएका हुन् । बैङ्कले ग्राहकहरू थप सेवा दिन विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता सो अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।
सो सम्झौता पश्चात मुक्तिनाथ विकास बैङ्कका भिषा डेविट कार्डवाहक ग्राहकहरू बैङ्कको उक्त सहकार्यबाट लाभान्वित हुनेछन् । यस सुविधाले ग्राहकहरूको स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास रहेको बैङ्कले जनाएको छ ।
साथै, डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैङ्किङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैङ्किङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
