Logo
|
Friday 29th March 2024
Logo

epaper

चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. अनिल विक्रम कार्की ७६४ मतान्तरले अग्रस्थानमा, क–कसले कति मत पाए ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार विहानसम्म राजधानीबाहिरको मतगणना सकिँदा ३६४९ मतगणना भएको छ भने अहिले काठमाडौँ उपत्यकाको मतगणना सुरु भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार डा. अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहको अग्रता कायम रहेको छ ।


उपत्यकामा ४०० मत गणना हुँदा डा. कार्कीले २२५ मत प्राप्त गर्नुभएको छ । हालसम्म कुल ४ हजार ४९ मत गणना हुँदा अध्यक्ष पदमा डा कार्कीले २२७४ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी डा सन्तोष पौडेलले १ हजार ५१० मत र अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले १६० मत प्राप्त गर्नुभएको छ ।


त्यस्तै महासचिवमा डा. संजीव तिवारी उपत्यका बाहिर १६४२ मत र उपत्यकामा १७१ मत गरी कुल १८१३ मत प्राप्त गरी अग्र स्थानमा हुनुुहुन्छ । निकटतम प्रतिस्प्रर्धीको रुपमा डा.अमृत भुसाल १००६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । डा. रक्षा श्रेष्ठले भने ९८८ मत प्राप्त गर्नुभएको छ ।


त्यस्तै उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. अजय कुमार मिश्रले ७४४, डा. महेश महासेठले १०१३ र डा निरज कुमार सिंहले १ हजार ९६५ मत प्राप्त गर्नुभएको छ ।


यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकीले २१७५ मत प्राप्त गर्नुभएको छ भने डा. सञ्जय कुमार ठाकुरले १५३० मत प्राप्त गर्नुभएको छ ।


यसैगरी उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. विकास गौचनले १ हजार ४९१ मत प्राप्त गर्नुभएको भने डा. राजन शर्माले २१८० मत ल्याउनुभएको छ ।


यस्तै उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्यालले १४८७ मत प्राप्त गर्नुभएको छ भने डा. प्रशान्त भट्टले २१५७ मत ल्याउनुभएको छ । अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।


सदस्यहरुमा डा अभियान गौतम ११८९, डा. अमित रन्जन मिश्र २१०२, डा. चेतन बस्नेत ९२७, डा. किशोर खत्री १९३५, डा. मनोर दिन सैयद १२६९, डा. मोहम्मद अमुल हक ७८५, डा. पदम नेपाली १६८६, डा. रमेश श्रेष्ठ १०७९, डा. रामकृष्ण आचार्य ९६०, डा. स्मृति महत १६७३, डा. सृजना विष्ट १९०२, डा. सुरेन्द्र यादव १२६, डा. तेज्सु सिंह मल्ल १९६१ र डा. योभिन यादव १८७७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्