
जनस्वास्थ्य सरोकार, काठमाडौं । राति खाना नखाई सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। भोक लागेर राति निद्रा नलाग्ने, मांसपेशी कमजोर हुनेलगायत समस्या देखिन सक्छन्।
–कोही–कोही सोच्छन्, राति खाना नखाई सुत्दा वजन घट्छ। यो सोचाइ गलत हो। खाना नखाँदा जति भोक लाग्छ, त्यति नै बढी खाना खाइन्छ। जसले गर्दा वजन घट्ने होइन, बढ्छ।
–कतिलाई लाग्छ, राति भोजन ग्रहण गर्न आवश्यक छैन, सुत्दा ऊर्जा चाहिँदैन। तर, शरीरलाई चौबिसै घण्टा ऊर्जाको आवश्यकता हुन्छ। शरीरले जतिखेर पनि क्यालोरी खपत गरिरहेको हुन्छ। राति भोकै सुत्दा पर्याप्त निद्रा लाग्दैन। राम्ररी सुत्न नपाउँदा शरीरमा ऊर्जाको स्तर कम हुन्छ।
–खाली पेट सुत्दा भोलिपल्ट बिहान मुड ठीक हुँदैन। झडङ्ग रिस उठ्ने हुन्छ। त्यसैले राति खाना खाएर मात्र सुत्नुपर्छ।
–खाना नखाई सुत्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। हल्काफुल्का भए पनि केही खाएर मात्र सुत्नुपर्छ।
(एजेन्सीको सहयोगमा)
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
