जनस्वास्थ्य सरोकार, काठमाडौ । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताउनुभएको हो ।

उहाँले गाभीमार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिनुभयो । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिन्छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप भित्र्याइएको हो । रासस
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
