Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालगञ्जको वेष्टन अस्पतालमा अप्त्याधुनिक सुविधासहितको लेभल थ्री आईसियू सेवा शुरु

सुविधासम्पन्न आईसियू विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफसँग सहकार्य



जनस्वास्थ्य सरोकार, बाँके । बिगत १९ वर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको वेष्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ वेडको लेबल थ्री आईसियू सेवा शुरु गरेको छ ।

१९ वर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको वेष्टन अस्पताल भवन

आईसियूमा भर्ना हुने हरेक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घण्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर सेवामा रहने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापा बताउनुहुन्छ ।

यस्तो सुविधा भएको आइसियू सञ्चालन गर्ने वेष्टन अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो निजी अस्पताल भएको दावी छ ।


आईसियूमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिन विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको छ ।

आईसियूमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु कार्यरत छन् ।

यस अस्पतालले क्वालिटी अफ नर्सिङ र आईसियू मै २४ सै घण्टा कन्सल्यान्ट चिकित्सकको व्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई विशेष केन्द्रित गरेको छ ।

त्यसैगरी उपचार सेवलाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्रान्डी जस्ता सुविधासम्पन्न आईसियू विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफसँग सहकार्य गर्दै आइरहेको डा. थापाले जानकारी दिनुभयो ।

यसका साथै आईसियूमै डायलाईसिस सुविधा छ । ६ वटा मेन्टिलेटरसहित अत्याधुनिक उपकरण छन् ।

वेष्टन अस्पतालले आजैदेखि ६ वेडको एचडियू सेवा पनि शुरु गरेको छ । प्रबन्ध निर्देशक डा. थापाका अनुसार, केही दिनमै ६ वेडको एनआईसियू सञ्चालन गर्ने तयारी गरिरहेको छ । वेष्टन अस्पतलमा ९ वेडको अपरेशन थियटर छ ।

आईसियूलगायतका सुविधाहरु बढाउन करिब ५ करोड को लागतमा उपकरण र पूर्वाधारहरु थप गरिएको छ ।
अस्पतालको क्रिटिकल केयर विभागमा डा. पारस पाण्डे मेडिसिन विभागमा कन्सल्यान्ट फिजिसियन डा. मधु अर्यालसहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत छ ।


एक सय वेड क्षमताको वेष्ट अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी, प्रशुति तथा स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलोफेसियल सर्जरी र युरोलोजी सम्बन्धि उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमै बालरोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डायलाईसिस सेवा सञ्चालनको तयारी गरिरहेको डा. थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्