नेभिगेशन

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि, करिब ३७ हजार परीक्षार्थीको सहभागिता

चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि शुरु भएको छ । परीक्षामा ३७ हजार २ सय ६३ परीक्षार्थी सहभागी हुँदैछन् ।

फागुन २४ गते एमबीबीएस, २५ गते बीडीएस, २६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी, बीपर्फ टेक्नोलोजी, २७ गते बाम्स, बीएनएस, बीएस्सी एमएलटी, बीएस्सी एमआटी, बीफार्म, बी अप्टोमेट्री, बीपीटी र २८ गते विपिएचको परीक्षा हुने छ ।

पहिलो दिनको एमबीबीएस प्रवेश परीक्षामा १४ हजार १ सय ७२, दोस्रो दिनको बीडीएसमा ५ हजार १४, तेस्रो दिन हुने बीएस्सी नर्सिङ (६,२८५), बीएएसएलपी (४१), बीपर्फ टेक्नोलोजी (११८) गरी जम्मा ६ हजार ४५४, चौथो दिन हुने बाम्स (४५१), बीएनएस (२,६७४), बीएस्सी एमएलटी (२६०), बीएस्सी एमआटी (२६०), बीफार्म (३,५१७), बी अप्टोमेट्री (१०००), बीपीटी (३८६) गरी जम्मा ९ हजार १ सय ७३ र पाँचौ दिन हुने बीपीएचमा २ हजार ४४० परीक्षार्थीले भाग लिँदै छन् ।


स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा चाँडै प्रकाशित गरेर आगामी जेठ २० गतेबाट कक्षा सञ्चालन गर्ने तयारी भएको आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बताउनुभयो ।


आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार, परीक्षार्थीहरूलाई समयमै आफ्नो प्रवेशपत्र प्रिन्ट गरी त्यसमा उल्लेख भएका विवरणहरू पालना गरी निर्धारित मिति र समयमा तोकिएको परीक्षा केन्द्रमा प्रवेश गरी मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन र परीक्षार्थीका अभिभावकहरूलाई समेत आयोगबाट सम्प्रेषण हुने सूचना बाहेक अन्य प्रचारबाजीको पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउन आवश्यक सहयोग गर्न आयोगले अनुरोध गरेको छ । एकीकृत प्रवेश परीक्षामा १११ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट