
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ । स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले सूचना गरी जानकारी दिएको छ ।
पाँचै जना नर्सलाई पटक-पटक सूचना जारी गर्दा पनि हाजिरीका लागि उपस्थिति गर्दा पनि बेवास्ता गरेको अस्पतालले बताएको छ ।
‘बिदा स्वीकृत नगरी अस्पतालबाट बसेको र पटक-पटक सूचना जारी गर्दा पनि सूचना गरेको ३० दिनभित्रमा उपस्थितिका लागि अनुरोध गर्दा पनि उक्त समयमा कार्यालयमा हाजिरी हुन आएको छैन,’ सूचनामा उल्लेख गरिएको छ ।
चि. वि. रा. प्र. नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले प्रस्ट पारेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
