Logo
|
Friday 19th April 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगद्धारा स्नातक तहको विदेशी विद्यार्थी, सःशुल्क र छात्रवृत्ति समूहको सिट बाँडफाँड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विदेशी विद्यार्थी समूह, सःशुल्क र छात्रवृृत्तितर्फ लगायतका समूहको सिट बाँडफाँड गरेको छ ।


आयोगले एमबीबीएसको १८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७ सिट छुट्याइएको छ । छात्रवृत्तिमा खुल्लातर्फ २३७ र समावेशीमा १९३ गरी ४३० सिट छुट्याएको छ । सःशुल्कमा ८५९ सिट छुट्याएको छ । नेपाली सेनाको मेडिकल कलेजमा नेपाली सेनाको कल्लाणकारी कोषबाट पढाउने कोटा ४९ जनाको छ ।


त्यसैगरी बीडीएसको ५६० सिटमा सशुल्कतर्फ २७७ सिट छुट्याइएको छ । विदेशी विद्यार्थीका लागि १७५ सिट तोकिएको छ । छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ।
त्यसैगरी बीएसी नर्सिङतर्फ १३५० सिट मध्ये विदेशी विद्यार्थीका लागि ३४९ सिट छुट्याइएको छ।

UG_2023_Seats

प्रतिक्रिया दिनुहोस्