
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालमा चिकित्सक नियुक्तिमा तहगत घटुवा भएको भन्दै आपत्ति जनाएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालले एमडी/ एमएस र एमडिएस चिकित्सकलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा कर्मचारी भर्ना गर्न लागिएको विषयमा आपत्ति जनाएको हो । अस्पतालले फागुन ३० गते स्थायी पदपूर्तिका लागि सूचना निकालेको थियो।
उक्त सूचनामा एमडी / एमएस र एमडिएस पास भइसकेका चिकित्सकलाई पनि मेडिकल अफिसरका रुपमा आठौं तहमा भर्ना गर्न खोजिएको छ। संघले उक्त कार्य कानुन विपरित रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
‘स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा १ को खण्ड च र छ बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची ६ मा उल्लेखित एमडीरएमएसरएमडिएस पश्चातका चिकित्सकहरुलाई ९औं र ११औं तह हुने नियमलाई लत्याउँदै विगत लामो समयदेखि स्थायी, अस्थायी करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरुको स्थायीत्वमा असर पर्ने गरी छापिएको विज्ञापनमा एमडीरएमएसरएमडिएस चिकित्सकहरुलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा भर्ना खोल्ने प्रचलित कानुन विपरित भएको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
