
जनस्वास्थ्य सरोकार, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मगङ्लबारदेखि श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको छ।
तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङबाट उपचार गरी उक्त सेवा सञ्चालनमा ल्याइएको हो। बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले सुरुमा श्वासप्रश्वास जाँच गर्ने स्पाइरोमिटर रहेको र आवश्यक उपकरण जडान गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो । ‘यसअघि सामान्यरूपमा उपचार गर्दै आए पनि आजदेखि उद्देश्यअनुरूपको कार्यको थालनी गरेका छौँ’ उहाँले भन्नुभयो–‘अब श्वासप्रश्वाससम्बन्धीका बिरामीले पोखरा, चितवन र काठमाडौँ धाउनुपर्दैन।’
हाल उक्त केन्द्रमा १० विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २० जनासहित एक सय चिकित्सकले सेवा प्रदान गर्दै आएका छन्। एनेस्थेसिया, हाडजोर्नी, सर्जन, स्त्रीरोगलगायतका विशेषज्ञ चिकित्सक उक्त केन्द्रमा रहेका छन्। दश शय्या आइसियुसहित ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।
जीपी कोइराला उपचार केन्द्रको स्वामित्वमा सात सय ४० रोपनी क्षेत्रफल जग्गा रहेको बताइएको छ। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
