
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आफू मातहतका अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गरेको प्रमाणित भएमा कारवाही गर्ने चेतावनी दिएको हो ।
नेपाल स्वास्थ्य ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ मा भएको चिकित्सकको आचारसंहिताको उल्लघंन हुने गरी कुनै कार्य गर्न नहुने व्यहोरा सम्बिन्धित सबै चिकित्सकहरुलाई मन्त्रालयले सूचित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
