Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण, १२३ सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा १७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्याङ्क मात्र समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्