देशभर ५५ जनामा कोरोना संक्रमण, २५२ जना सक्रिय संक्रमित

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय १८ जनाको पिसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५ सय ३८ जनाको एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि विरामी नभएको मन्त्रालयले जनाएको छ ।