Logo
|
Monday 6th January 2025
Logo

epaper

१ सय २५ जना डाक्टरको १५ करोड लगानीमा शुक्रा डायग्नोष्टिक सेन्टर

हाउस अफ डायग्नोष्टिक्स एण्ड वेलनेस सेन्टरको रुपमा सञ्चालन हुने



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्ज पानीपोखरीमा करिब १ सय २५ जना डाक्टरहरुको १५ करोड रुपियाँ लगानीमा अत्याधुनिक शुक्रा डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याइएको छ ।

यो सुपरस्पेशियालिटी ल्याव हो । हाउस अफ डायग्नोष्टिक्स एण्ड वेलनेस सेन्टरको रुपमा सञ्चालन हुने यो सेन्टरले गुणस्तरीय परिणामलाई महत्वमा राखेको छ ।

क्वालिटी र एक्युरेसीलाई केन्द्रित गरेको र सबै नमुनाहरु स्वदेशमा नै गर्न सकियोस् भन्ने ल्यावको उद्देश्य रहेको शुक्राकी अध्यक्ष वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. ममता लाखेले बताउनुभयो ।

यहाँ वायोकेमेष्ट्रि, प्याथोलोजी र माइक्रोबायोलोजीका साथै स्क्रिनिङसम्बन्धि वेलनेस प्याकेजहरु पनि सञ्चालन हुने छन् । होलिष्टिक एप्रोचमा जाने र ओपिडीमा सुपरस्पेशियालिटी डाक्टरहरुबाट सेवा उपलब्ध गराउने उहाँले स्पष्ट पार्नुभयो ।

यहाँ वाथ, इन्डोक्राइनोलोजी, मुटु, अर्थोपेडिक, स्त्री तथा प्रशुति, वाल रोगलगायतका सेवाहरु प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्