देशभर थप ४ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । थप ४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आइतबार १२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७० रहेको छ ।