
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत संचालन हुने गरी ७२ वटा स्वास्थ्य संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको आयोगको ११ औँ पूर्ण बैठकले देशभरीका ७२ वटा स्वास्थ्य संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
आसय पत्र पाएका कलेजहरुमा ४ वटा नर्सिङ कलेज रहेका छन् । अरु स्वास्थ्य संस्थाहरुमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी रहेका छन् ।
आसय पत्र पाएका कलेजहरुको सिटिइभिटी र आयोगको अनुगमनपछि अध्ययन अध्यापनका लागि सिट निर्धारण गरिने आयोगका निर्देशक डा. दिलिप शर्माले जानकारी दिनुभयो ।




प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
