Logo
|
Friday 29th March 2024
Logo

epaper

अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि हट्यो कोभिड खोप अनिवार्यको नियम

नेपालबाट विदेश जाने यात्रुले भने सम्बन्धित मुलुकले तोके अनुसारका कागजात बोक्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरिएको पीसीआर नेगेटिभ रिर्पोट र कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने प्रावधान हटाइएको छ ।

गत बैशाख ३१ गते बसेको बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो । सो निर्णय लागू गर्न संस्कृति तथा पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै कोभिड १९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

सो निर्देशनप्राधिकरणले कार्यान्वयनमा ल्याइसकेको छ । यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्दैन ।

तर, नेपालबाट विदेश जाने यात्रुले भने सम्बन्धित मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्नेछ ।

विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड—१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्