Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापन सम्बन्धी नियम कडाइका साथ पालना गरौँ : पूर्वराष्ट्रपति भण्डारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषण वातावरण र मानव जीवनका लागि ठुलो खतरा भएको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्नुहुँदै प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले भरिपूर्ण हाम्रो देश नेपाल पनि प्लास्टिक फोहोरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई वातावरण संरक्षणमा एकजुट हुन आह्वान समेत गर्नुभएको छ ।

‘‘हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौँ र सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुनः प्रयोग गर्न ठोस कदमहरू चाल्नै पर्दछ । यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ’, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्