
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको छ ।
यसअघि, जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रवारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । बर्से बिदाबाट कट्टी हुने गरी बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठन पाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको थापाले बताउनुभयो ।
साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न भनिएको छ । त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनुपर्नेछ ।
नेपालगञ्जको अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
