Logo
|
Tuesday 19th March 2024
Logo

epaper

नेशनल बाथरोग सेन्टर १० वर्षमा प्रवेश, स्वास्थ्य मन्त्रीद्धारा थर्मोग्राफी सेवा शुभारम्भ

१० प्रतिशत छुट दिन निजी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य मन्त्रीको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्न नारिककका लागि शैयालगायतका सेवा सुविधामा १० प्रतिशत छुट दिन स्वास्थ्य संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।

नेशनल बाथरोग सेन्टरको १० औं वार्षिकोत्वका अवसरमा जेठ २२ गते राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्थानीय निकायको सिफारिसमा विपन्न नागरिकलाई १० प्रतिशत सेवा निःशुल्क गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री बस्नेतले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निःशुल्क उपचार गर्नु पर्नेमा जोड दिनुभयो ।

अस्पतालहरूले विपन्नलाई निशुल्क उपचार दिएनदिएको मन्त्रालयले अनुगमन गर्ने जानकारी दिनुभयो । मन्त्री बस्नेतले भने भन्नुभयो—‘१० शैया विपन्नलाई निःशुल्क उपचार नदिएको फेला परेमा कारवाही गर्छौं ।’


आर्थिक अभावमा उपचार नपाएर कुनै पनि नागरिकले जयान गुमाउनु नपरोस् भन्ने ध्येयले आफूले काम गरिरहेको जानकारी गराउदै मन्त्री बस्नेतले त्यस्ता विरामीका लागि स्वास्थ्य मन्त्रालयमा आकस्मिक उपचार कोषको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


रोग लागेपछि उपचारमा ठूलो धनरासी खर्च गर्नुको सट्टा रोग लाग्नै नदिने तर्फ लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री बस्नेतले आहार, बिहार र शारीरीक व्यायाममा जोड दिन सकेमा धेरै रोगबाट बच्न सकिने अनुभव सुनाउनुभयो ।


सो अवसरमा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले नेशनल वाथरोग सेन्टरले मुलुकमा हुनसक्ने करिब ३० लाख बाथरोगीमध्ये करिब ६ प्रतिशतलाई मात्र सेवा दिन सकिएकाले व्यापक जनचेतनाको आवश्यकता औंल्याउनुभयो सेन्टरले देशका विभिन्न ८ स्थानमा साखा बिस्तार गरेर सेवा दिइरहेको बताउँदै उहाँले सरकारले पनि हातेमालो गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।

सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी ५ वर्ष भित्र सेन्टरले थप ७ जिल्लामा सेवा बिस्तार गर्ने जानकारी दिनुभयो । कार्यक्रममा नेशनल बाथरोग सेन्टरमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई मन्त्री बस्नेतले पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवाको सुभारम्भ गर्नुभएको छ । यो मेसिनले हड्डीको दुखाई पत्ता लगाउन सहयोग पुग्छ । हाल सेन्टरले दैनिक २ सय बिरामीलाई बाथरोग सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्