पछिल्लो २४ घण्टामा देशभर ३ कोरोना संक्रमित थपिए

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर तीन कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज पाँचजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको मन्त्रालयले जनाएको छ ।