Logo
|
Thursday 31st October 2024
Logo

epaper

विद्यालयमा खटाइएका नर्सलाई विषयगत शिक्षकको रूपमा काममा नलगाउन आग्रह

यदि काम लगाएको भेटिएमा कारवाही गरिने चेतावनी



जनस्वास्थ्य काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषयगत शिक्षकको रूपमा काममा नलगाउन आग्रह गरेको छ ।

यदि काम लगाएको भेटिएमा सम्बन्धित विद्यालयलाई कारवाही गरिने चेतावनी दिएको छ ।

विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम गर्न लगाएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै सो कार्य रोक्न विज्ञप्तीमार्फत निर्देशन दिइएको जनाइएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख छ ।


एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस्