Logo
|
Thursday 18th April 2024
Logo

epaper

एनेमिया जाँच गर्न Bosch कम्पनिको Vivaray Hb Pro device नेपाली बजारमा

Artificial intelligence मा आधारित, शरीरबाट रगत निकाल्न नपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । शरीरमा सजिलै रक्तअल्पताको स्क्रिनिङ गर्न शुभ नेपा ट्रेडिङ प्रा.लि. ले Artificial intelligence (#Ai)  सिस्टममा Boschकम्पनिको Vivaray Hb Pro device बजारमा भित्र्याएको छ ।

जर्मनीको प्रविधिमा भारतमा उत्पादन भएको यो डिभाइस भरपर्दो मानिन्छ । यसले स्क्रिनिङ मार्फत शरीरमा एनेमिया भएनभएको एकिन गर्छ । नेपाल मा ५०% भन्दा बढी व्यक्तिहरूमा एनेमिया (रक्तअल्पता) को समस्या देखिएको छ ।

यो डिभाइसबाट धुलिखेल नगरपालिकाका २ वटा वडामा एनेमिया स्क्रिनिङको मास क्याम्पियन भइरहेको छ र हरेक घरमा एनिमिया भएका व्यक्तिको पहिचान हुन थालेको छ । यसबाट आवश्यक व्यक्तिमा केन्द्रित हुन सजिलो तुल्याएको छ । साथै काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा पनि एनेमियाको मास स्क्रिनिङ हुन थालेको छ ।

संरचना
यो डिभाइस Spectrophotometry (स्पेक्ट्रोफोटोमेट्री) सिद्धान्तमा बनेको छ । यसको भित्र सेन्सर हुन्छ । औंला राखेपछि सेन्सरले छालामार्फत प्रकाश पठाउँछ । त्यसपछि रगतले निश्चित मात्रामा प्रकाश अवशोषित (absorbed)  गर्छ र माथिपटी रहेको डिटेक्टरले हेमोग्लोविनको मात्रा स्क्रिनमा बताउँछ । हेमोग्लोबिन हाम्रो शरीरमा एक यस्तो तत्व हो जसले रातो रगत मार्फत शरीरको विभिन्न अङ्गमा अक्सिजन पुर्यायाउने काम गर्दछ ।

विशेषता
-यस प्रविधिमा शरीरबाट रगत निकाल्न पर्दैन ।
-३० सेकेन्डभित्र रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
– अतिरिक्त सामानहरूको आवश्यकता पर्दैन ।
-वडाका स्वयंसेविकाहरूमार्फत गर्न सकिन्छ ।
-२ घण्टामा ३ सयदेखि ४ सय जनासम्मको एनेमिया परीक्षण गर्न सकिन्छ ।
Blood donation camp, Anemia screening, Hemoglobin test, प्रसुती तथा स्त्रीरोग अस्पताल आदिको लागि अत्यन्त उपयोगी

नेपालमा १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीहरूमा ५४ प्रतिशत एनेमिया भएको सरकारी र निजी क्षेत्रमा गरिएका विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वव्यापी रूपमा ६ महिनादेखि ५ वर्ष मुनि उमेर समूहका ४० % बालबालिका, ३७ % गर्भवती महिला र १५–४९ वर्ष उमेर समूहका ३० % किशोरी तथा महिला एनेमियाबाट प्रभावित भएको अनुमान गरिएको छ । एनेमियाबाट भएको अपाङ्गताका कारण सन् २०१९ मा विश्वका ५ करोड व्यक्तिले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

वायोमेडिकल इन्जिनियर अनिशा दास भन्नुहुन्छ—

‘शरीरमा हेमोग्लोविनको मात्रा पहिचानमा नीतिगत व्यवस्था नभएकाले एनेमिया स्क्रिनिङका लागि यो मेसिन निकै लाभकारी मानिएको छ । रगतमा आवश्यक मात्रा भन्दा तल हेमोग्लोबिन भएमा रक्तदान गर्न मिल्दैन । आइरनचक्की सेवनपश्चात् शरीरमा आइरन तह ठीक ठाउँमा आएनआएको स्क्रिनिङ गर्न जरूरी हुन्छ । यसबाट समुदायस्तरमा सबैलाई आइरन चक्की वितरण गर्नुपर्दैन । । यो डिभाइस र इन्भेजिव विधिबाट शरीरमा एनेमिया परीक्षण गर्दा लगभग रिपोर्ट एउटै आएको पाइएकाले तुलनात्मक रूपमा यसले सही रिपोर्ट दिनेमा हामी ढुक्क छौं ।’

प्रतिक्रिया दिनुहोस्