Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपाली औषधिः ‘गुणस्तरमा कुनै शंका छैन’—सन्तोष बराल

प्रोमोट गर्न उत्पादक कम्पनि, चिकित्सक र उपभोक्ताको समिश्रण आवश्यक



औषधि व्यवस्था विभागले एक समयमा गरेको विभागीय निर्णयको परिणाम भ्याट तिरेर आएका कस्मेटिक र केही औषधिहरू मुलुकमा भित्रिएर बिक्रीवितरण भइरहेका छन् । खुला बजारको समस्या विकराल छ ।

सन्तोष बराल, प्रबन्ध निर्देशक, आदि रिमेडिज प्रा.लि.

बजारलाई असर

नेपालमा कुनै निकायसँग प्रोडक्ट दर्ता नभई ल्याव र गुणस्तरीय पारामिटर परीक्षण नभएका, हेर्दा औषधि जस्तो बनावट भएका औषधिजन्य सामाग्री कस्मेटिकका रूपमा आएर बजारलाई समस्यामा पारेको छ । उनीहरूको बिक्री गर्ने ठाउँ व्युटिपार्लर, क्लिनिक खोलेर बसेका डाक्टर, हस्पिटल रहेका छन् । यसले नेपाली बजारलाई नराम्रो असर गरेको छ ।


सिष्टमको जरूरत

नेपालमा कुनै निकायसँग प्रोडक्ट दर्ता नभई ल्याव र गुणस्तरीय पारामिटर परीक्षण नभएका, हेर्दा औषधि जस्तो बनावट भएका औषधिजन्य सामाग्री कस्मेटिकका रूपमा आएर बजारलाई समस्यामा पारेको छ । यसलाई सिस्टममा ढाल्न जरूरी छ । यसमा सम्बन्धित निकाय चुप लागेर बस्न हुँदैन ।


नेपाली उत्पादनलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका नेपाली औषधि कम्पनिका उत्पादन सिफारिस गर्नु सम्बन्धित चिकित्सकहरूको कर्तव्य हो । चिकित्सकहरूलाई आग्रह गर्नु उत्पादक कम्पनिको हक हो । स्वदेशी औषधि उपभोग गर्नु उपभोक्ताहरूको दायित्व हो । त्यसैले नेपाली उत्पादन प्रोमोट गर्नमा उत्पादक कम्पनि, चिकित्सक र उपभोक्ताको समिश्रण आवश्यक पर्छ ।

आदि रिमेडिज विगत ७ वर्षदेखि छाला रोग सँग सम्बन्धित औषधि कम्पनि हो । यहाँ ९० प्रतिशत औषधि छालासम्बन्धि उत्पादन हुन्छन् । पछिल्लो समयमा बजारमा आउन लागेका ३० वटा उत्पादनमध्ये ९० प्रतिशत छालासम्बन्धि औषधि छन् । यसमा मल्हम, पाउडर र ट्याब्लेट रहेका छन् । कम्पनिलाई छालासम्बन्धि औषधिहरूको सेग्मेन्टको रूपमा विकास गरिएको छ ।

गुणस्तरमा कुनै शंका छैन

नेपालमा वंगलादेश, भारत, पाकिस्तान र अन्य केही युरोपियन देश, अमेरिका र अष्ट्रेलियबाट औषधि आयात हुने गरेका छन् । आयातित औषधिसँग कतिको प्रतिस्पर्धी छौं ? भन्ने प्रश्न पनि उठ्न सक्छ ।

नेपालमा उत्पादन हुने औषधि विदेशमा उत्पादन हुने औषधि जस्तै एउटै पारामिटर र स्टैण्डर्डमा बनेका हुन्छन् । त्यसैले गुणस्तरमा कुनै शंका छैन ।

धेरैलाई रोजगार

चीनबाट आयात हुने कच्चा पदार्थ मात्र हो । फिनिष्ड उत्पादन आउँदैनन । संसारमा करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट निर्यात हुने गर्छ । नेपालमा पनि त्यही हो । तर स्वेदशी उत्पादनले धेरैलाई रोजगार सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्