Logo
|
Friday 3rd May 2024
Logo

epaper

Algorithm मा आधारित प्रविधि Vivalution  Portable Machine नेपाली बजारमा

एक घण्टामा करिब ६ जनालाई रिपोर्ट दिन सकिने



जनस्वास्थ्य सरोकार, ललितपुर । शुभ नेपा ट्रेडिङ प्रा.लि. ले Artificial Intelligence मा आधारित रगतको संरचना अध्ययन गर्न Bosch कम्पनिको Vivalution  Portable Machine नेपाली बजारमा ल्याएको छ ।

यो अटोमेटेड नयाँ टेक्नोलोजी हो । यसमा ग्लास स्लाइडमा नमुनालाई स्टेन गरेर राखिदिनुपर्छ । यसले स्लाइडको माइक्रोस्कोपिक १०० एक्ससम्मको फोटो लिन्छ । त्यसपछि क्लाउडमा पठाइसकेपछि सबै प्रक्रिया गरेर आफैं रिपोर्ट निकाल्छ ।

यो मुख्यतया रेड व्लड सेल, ह्वाइट व्लड सेल, प्लेटलेट्सको मोर्फोलोजी (संरचना) साइज हेर्न प्रयोग गरिन्छ । साइजको आधारमा कुन कुन रोग हुनसक्छ ? भनेर प्याथालोजिष्टलाई निर्णय लिन मद्धत गर्छ । यसले प्याथोलोजिष्टको कामको भार एकदमै कम बनाइदिएको छ । यो मेसिनले एक दिनमा करिब ५० वटा रिपोर्ट निकाल्न सक्छ । करिब १०—१२ मिनेटमा स्लाइड चेञ्ज गर्न मिल्ने र एक घण्टामा करिब ६ जनाको रिपोर्ट प्राप्त गर्न सकिन्छ ।

विशेषता
– अल्गोरिदममा आधारित प्रविधि हो ।
– क्लिनिकल डाटा डिजिटाइजेसन हुन्छ ।
-मोर्फोलोजी विवरण विष्लेषण गर्न सकिन्छ ।
– डाइग्नोसिस भएका विवरण क्लाउडमा बस्छ ।
– थोरै समयमा धेरै परीक्षण गर्न सकिन्छ ।
– रिएजेन्टसको आवश्यकता पर्दैन
-तथ्यमा आधारित रिपोर्टिङ गर्न मद्धत गर्छ ।


प्याथोलोजिष्टहरूले रगतमा हुने फरक सेल अध्ययन गर्न पेरिफेरल ब्लड स्मियर (पिबिएस) प्रयोग गर्छन् । तर नेपालको सन्दर्भमा प्याथोलोजिष्टको संख्या थोरै र बिरामी धेरै हुने गरेको अवस्थामा रिपोर्ट आउन समय लाग्ने गर्छ । त्यसैले यो उत्पादन निकै लाभकारी मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्