Logo
|
Saturday 27th April 2024
Logo

epaper

आज अन्तर्राष्ट्रिय योग दिवस २०२३ः नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा ‘योग सबैका लागि सधैँका लागि’ आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेको दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गरेका थि ए । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्