Logo
|
Tuesday 30th April 2024
Logo

epaper

मोफसलमा कपाल प्रत्यारोपण गर्न रूचाउने सर्जन डा. विपिन भट्टचन

कपाल प्रत्यारोपणमा ठगिन सक्छन् सेवाग्राही



डा. भट्टचन कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट एवं हेयर ट्रान्सप्लान्ट सर्जन हुनुहुन्छ । नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतको कस्तुर्वा मेडिकल कलेज मनिपालबाट एमडी गर्नुभएको छ । सन् २०११ मा एमडी सकेर नेपाल फर्किनुभएको थियो । भारतको दिल्लीबाट एक वर्षको कपाल प्रत्यारोपण फेलोसिप पश्चात् सन् २०१९ बाट निरन्तर कपाल प्रत्यारोपणमा केन्द्रित हुनुहुन्छ । इन्डिया र नेपालमा गरी हाल सम्म करिब एक हजार बढीको सफल कपाल प्रत्यारोपण गरिसक्नुभएको छ । मनमोहन हस्पिटल, ग्रान्डी इन्टरनेशन हस्पिटल, ग्रीनसिटी हस्पिटल र हेल्पिङ ह्याण्डस् सामुदायिक हस्पिटलमा सेवा गरेपछि आफैंले क्लिनिक खोल्नुभएको हो । उहाँको लाजिम्पाटस्थित निर्भाना स्किन क्लिनिक एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टर छ । डा. हिराचन मोफसलमा काम गर्न निकै रुचाउनुहुन्छ । इटहरीको स्वारा स्किन एण्ड हेयर क्लिनिक र धनगढीको निषर्ग हस्पिटलबाट स्थानीय तहमा निरन्तर कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउन सफल हुनुभएको छ । उहाँ समाजिक सञ्जालबाट कपाल प्रत्यारोपणबारे जागरूकता जगाउन निरन्तर लाग्नुभएको छ । कपाल प्रत्यारोपण र यससँग सम्बन्धित विकृति र विसंगती उहाँको आफ्नै शव्दमा…

ठगिन बाध्य

केही दिनअघि मात्र कपाल प्रत्यारोपण गरेका एक व्यक्ति मेरो क्लिनिकमा आउनुभएको थियो । उहाँले ४ हजार ग्राफ्ट कपाल प्रत्यारोपण गरेको कुरा सुनाउँदै हुनुहुन्थ्यो । तर उहाँको टाउकोमा मुस्किलले १५ सय देखि २ हजार ग्राफ्ट मात्र कपाल प्रत्यारोपण भएको थियो । यसरी भरपर्दो र विश्वसनीय प्रत्यारोपण क्लिनिक थाहा नपाउँदा धेरै व्यक्ति ठगिन वाध्य हुनुपर्छ ।

कति ग्राफ्ट कपाल आवश्यक पर्छ ? कति ग्राफ्ट निकालियो ? कपाल रोप्न कति प्वाल बनाइयो ? जस्ता कुरा सम्बन्धित व्यक्तिलाई बताउनुपर्छ ।

सर्जनको जिम्मेवारी

कपाल प्रत्यारोपणमा ९० प्रतिशत भन्दा बढी प्रत्यारोपण सर्जन स्वयं संलग्न हुनुपर्छ । कपाल प्रत्यारोपण गर्नुपूर्व हेयर लाईन डिजाइनिङ, अनुमानित ग्राफ्ट संख्या, कपाल रोप्न आवश्यक प्वाल संख्या र एनेस्थेसियाको मात्रा लगायतको पूर्व योजना प्रत्यारोपण सर्जन आफैले गर्नुपर्छ । तर कतिपय क्लिनिकका सर्जनले सेवाग्राहीहरूसँग केवल हाई हेल्लो मात्र गर्छन् । ९० प्रतिशत प्राविधिकहरूको टिमले प्रत्यारोपण गर्छन् । यसप्रति पनि ख्याल गर्नुपर्छ ।

उत्कृष्ट कपाल प्रत्यारोपणको राज

कपाल प्रत्यारोपण गर्ने सर्जन दक्ष एवं अनुभवी हुनुपर्छ । सफल कपाल प्रत्यारोपणका लागि दक्ष प्राविधिक टिम हुनुपर्छ ।

सर्जनको विज्ञता, अनुभव, हालसम्म कतिको प्रत्यारोपण गरेको छ, प्रत्यारोपण गर्न कति समय दिएको छ भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ ।


सेवाग्राहीको भूमिका

कामको परिणाम, उपचार सेवा र परामर्श महत्वपूर्ण हुन्छ । आफूले कपाल प्रत्यारोपण गर्न लागेको क्लिनिकमा विगतमा भएका प्रत्यारोपणका परिणामहरू हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्