
जनस्वास्थ्य सरोकार, कञ्चनपुर । कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताउनुभयो। “हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ”, उहाँले भन्नुभयो– “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छौँ।”
उहाँका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा पाँच सय ६५ केन्द्र तोकिएको उहाँले बताउनुभयो ।
दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा सङ्क्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
