Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुका आमाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको जानकारी दिनुभयो ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालको भनाई छ ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो । लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्