
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयमा लिने शुल्क नबढाउने भएको छ ।
सीटीईभीटी)ले ती विषय अध्ययनका लागि बढाएको भनिएको शुल्क तत्काललाई स्थगित गरेको हो ।
बिहीबार सूचना जारी गर्दै परिषद्ले सरोकारवालाहरूसँग गरी मात्रै शुल्क समायोजन गर्ने जनाउँदै हाल शुल्क समायोजन सम्बन्धी यसअघि गरिएको निर्णय स्थगित भएको जनाएको छ ।
परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले असार २९ मा तीनवटा विषयको शुल्क समायोजन गरेको थियो ।
समायोजन पछि प्रमाणपत्र तह नर्सिङको तीन वर्षे अध्ययनका लागि ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तोकिएको थियो ।
यस्तै, एचएको शुल्क ५ लाख २३ हजार ८ सय २० रुपैयाँ तोकिएको थियो भने फार्मेसी असिस्टेन्टको नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० रुपैयाँ तोकिएको थियो ।
अब शुल्क नबढे पछि नर्सिङ अध्ययन गर्न ४ लाख ७५ हजार रुपैयाँ, एचए पढ्न ४ लाख ४ हजार र फार्मेसी असिस्टेन्ट पढ्न ३ लाख ३७ हजार रुपियाँ नै कायम रहेको छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
