Logo
|
Saturday 27th July 2024
Logo

epaper

महेन्द्र नारायण निधी अस्पतालमा डायलाइसिस सेवा सुरू



जनस्वास्थ्य सरोकार, काठमाडौं । महेन्द्र नारायण निधी अस्पतालमा डायलाइसिस सेवा सुरू भएको छ । मिर्गौलाको रिफरल सेन्टर बनाउने उद्देश्यसहित डायलाइसिस सेवा सुरू गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. किरणजंग कुँवरले जानकारी दिनुभयो ।

डा. कुँवर अस्पतालको कार्यकारी निर्देशक भएको महिना दिन भित्र अस्पतालमा डायलाइसिस सेवा सुरु भएको हो । सामुदायिक अस्पतालको रूपमा रहेको यस अस्पतालले सर्वसुलभ तथा गुणस्तरीय सेवा दिँदै आएको डा. कुँवरले बताउनुभयो ।
‘यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर चुस्त दुरुस्त सेवा दिने हाम्रो प्राथमिकता हो’, उहाँले भन्नुभयो ।


डा. कुँवरले मिर्गौला प्रत्यारोपणसम्बन्धी ओपीडी सेवा पनि सञ्चालनमा रहेको बताउनुभयो । सय बेडको अस्पतालमा ५० बेडको डायलाइसिस सेवा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्