
जनस्वास्थ्य सरोकार, सिरहा । प्रादेशिक अस्पताल लहानमा एन्टि रेबिज खोपको अभाव भएको छ । अस्पतालमा खोप नहुँदा बिरामीहरू रित्तै घर फर्कन बाध्य भएका छन् ।
एन्टी रेबिज खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ तर यहाँ प्रादेशिक अस्पतालमा खोप नहुँदा बिरामीहरू महंगोमा निजीमा किन्न बाध्य छन् । निजी पसल तथा क्लिनिकले एउटा खोप २ हजार रुपैयामा बेच्ने गरेका छन् ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा खोप अभाव भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनील कुमार कुहवाहाले बताउनुभयो । यहाँ दैनिक १५÷२० जना बिरामी आउँछन् ।
खोप लगाउन २ सय भन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ । ‘लक्षण अनुसार ३ देखि ५ डोजसम्म खोप लगाउनुपर्छ’, उहाँले भन्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
