Logo
|
Friday 26th July 2024
Logo

epaper

अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा



जनस्वास्थ्य सरोकार, नवलपरासी । बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

निःशुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

‘अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निःशुल्क उपचारको सुरुआत गरेका हौंँ, उहाँले भन्नुभयो, ‘यसबाट उनीहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु ।’


नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको छ ।

विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने उहाँको भनाइ छ । नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा छ ।

प्रतिक्रिया दिनुहोस्