
जनस्वास्थ्य सरोकार, उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका ९ मा स्वास्थ्य चौकी भवनको निर्माण भएको छ ।
वडाध्यक्ष प्रकाश राउतका अनुसार स्वास्थ्य चौकी भवन ७९ लाख ९६ हजार ७ सय ३५ रुपैयाँ लागतमा निर्माण भएको हो ।
झण्डै ३ कठ्ठा क्षेत्रफल जमिनमा निर्मित स्वास्थ्य चौकी भवनमा औषधि कक्ष, बिरामी जाँच, ड्रेसिङ, गर्भवती जाँच, प्रयोगशाला, कार्यालय प्रमुख कक्ष, कर्मचारी कक्ष, बिरामी कुरुवाका अलग–अलग कक्षहरू छन् ।
चालु आर्थिक वर्षदेखि एमबिबिएस चिकित्सकको सेवा सुचारु गर्ने गरी भवन निर्मण गरिएको वडाध्यक्ष राउतले बताउनुभयो ।
चालु आर्थिक वर्षमा माथिल्लो तला थपेर कर्मचारी निवास बनाउने र २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराउने योजनाका साथ भवन बनाइएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ
