Logo
|
Sunday 24th September 2023
Logo

epaper

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियुले तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन बन्द गर्ने निर्णय

तालाबन्दी भएको अवधिमा यूजी (अण्डर ग्रेजुएट) का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि क्याम्पस प्रमुखको निर्देशनमा पठनपाठन नै बन्द गरिएको छ । क्याम्पस प्रमुख प्रा.डा. अर्जुनप्रसाद लामिछानेले विभागीय प्रमुखहरूको बैठक बोलाएर पठनपाठन बन्द गर्ने निर्णय गर्नुभएको हो। यो विषयमा चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराइएको छ ।

स्ववियुले साउन ८ गतेदेखि तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने जनाएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

क्याम्पस तालाबन्दी भएको अवधिमा यूजी (अण्डर ग्रेजुएट) का सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको छ । विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ । स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्