Logo
|
Saturday 27th July 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोग र सीटीइभीटीबीच क्षेत्राधिकार विवाद वढेपछि चिकित्सा शिक्षा प्रमाणपत्र तहको भर्ना प्रक्रिया अनिश्चित

साँढेको सुधाइ बाछाको मिचाइ



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बीच क्षेत्राधिकार विवाद वढेपछि चिकित्सा शिक्षा प्रमाणपत्र तहको भर्ना प्रक्रिया अनिश्चित बनेको छ । दुवैले एक अर्कालाई हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । दुवै निकाय छुट्टाछुट्टै ऐन, नियम कानुन अनुसार सञ्चालित छन् ।


परिषद्ले चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अगाडि बढाएको थियो । परिषद्ले शैक्षिक सत्र २०८०, ०८१ मा प्रि–डिप्लोमा, डिप्लोमा तहमा भर्नाका लागि साउन १२ गतेसम्म आवेदन आव्हान गरेको थियो ।

परिषद्ले प्रमाणपत्र तह, नर्सिङ, प्रि– डिप्लोमा, डिप्लोमा, सामान्य चिकित्सा लगायतका विषयको कोटा निर्धारण गर्नुका साथै प्रवेश परीक्षाका लागि आवेदन आह्वान समेत गरेपछि चिकित्सा शिक्षा आयोगले उक्त कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै भर्ना, कोटा निर्धारण लगायतको प्रक्रिया रोक्न निर्देशन दिएको थियो । सोही आधारमा हाल उक्त प्रक्रिया रोकिएको छ ।

२०७५ सालमा स्थापना भएको चिकित्सा शिक्षा आयोग र २०४५ सालमा स्थापना भएको परिषद् दुवै छुट्टै ऐन कानुन अनुसार सञ्चालित छ ।

कार्यकारी_समिति_२०८०-४-७_को_निर्णय

प्रतिक्रिया दिनुहोस्