लुम्बिनी प्रदेश सरकारको निर्णयः प्रदेशभर आँखाको नानीको निःशुल्क प्रत्यारोपणको व्यवस्था
जनस्वास्थ्य सरोकार, दाङ । लुम्बिनी प्रदेश सरकारले आँखाको नानी (कर्निया) प्रत्यारोपण निःशुल्क गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश भर कर्निया प्रत्यारोपण निःशुल्क गर्ने आज निर्णय गरेको हो ।
प्रदेश स्वास्थ्य मन्त्री राजु खनालका अनुसार, मन्त्रालयले चालु आर्थिक वर्ष २०८०, ०८१ को बजेटमा गरिएको व्यवस्था अनुसार कर्नियाको अपरेसन निःशुल्क गर्ने व्यवस्था मिलाइएको हो ।
यसका लागि कार्यविधि बनाउने प्रक्रिया शुरु भएको र अस्पतालसँगको सहकार्यमा निःशुल्क कर्निया प्रत्यारोपण हुने उल्लेख छ ।