Logo
|
Friday 26th July 2024
Logo

epaper

डेंगु नियन्त्रणका लागि चार ‘भेट्रो निरीक्षक’ राख्दै हेटौडा उपमहानगर



जनस्वास्थ्य सरोकार, हेटौंडा । बिस्तारै फैलदै गएको डेंगु रोगको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । उपमहानगर क्षेत्रमा डेंगुको संक्रमण कम गर्नका लागि कर्मचारी नियुक्त गरेरै काम गर्न लागिएको हो ।

उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगुको सम्भावित बास स्थानको खोजि गर्ने र नष्ट गर्ने काममा परीचालन हुने जनाएको छ । आइतबार उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको स्थानिय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै कम अघि बढाउने निर्णय गरेको हो ।

बैठकले फिल्डमा खटिएका निरीक्षकले संक्रमणको आँकलन गरेको स्थान सहित सम्भाबित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परिक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयम सेविका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

उपमहानगरले डेंगु नियन्त्रणका लागि काम गर्ने स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटि मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने छ । रोगको नियन्त्रणका लागि नागरीक आफै सचेत हुन जरुरी रहेको भन्दै हिडडुलका समयमा ध्यान दिन उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्