Logo
|
Wednesday 29th May 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउँदै सरकार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने भएको छ ।

हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो ।

साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा.डा. लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्