Logo
|
Saturday 27th July 2024
Logo

epaper

अनिश्चित गर्भपतन गराउँदा मृत्युः मृत्यु भएकी महिलालाई २७ लाख ५० हजार क्षतिपूर्ति



जनस्वास्थ्य सरोकार, चितवन । अनिश्चित गर्भपतन गराउने क्रममा मृत्यु भएकी महिलालाई मनकामना अस्पतालले २७ लाख ५० हजार क्षतिपूर्ति दिएको छ । भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका छन् ।

उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको उल्लेख छ ।

मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उनको राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्