Logo
|
Friday 26th July 2024
Logo

epaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु



जनस्वास्थ्य सरोकार, दा‌ङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ। युरोलोजिष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिनुभयो ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन्।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन्। युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर हुनुभएको छ ।

डा. रेग्मी लामो समयदेखि युरोलोजी सेवा दिँदै आएका अनुभवि चिकित्सक हुनुहुन्छ । डा. रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा. कँडेल, सहायक निर्देशक डा. एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आज एक कार्यक्रबीच स्वागत गर्नुभएकोछ ।

त्यस्तै एमजिडिपिमा प्रोफेसर डा. नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा. सूर्यमान गुरुङले पनि सेवा सुरु गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्