
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिनुभयो ।
सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन्। रासस
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
