Logo
|
Saturday 27th July 2024
Logo

epaper

बैतडीमा विना दर्ता सञ्चालन भइरहेका २ क्लिनिक सिल



जनस्वास्थ्य सरोकार, बैतडी । बैतडीमा विना दर्ता सञ्चालन भइरहेका दुई क्लिनिक सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले नगरपालिका वडा नम्बर ६ पाटन बजरमा नियम विपरित सञ्चालित निभा स्वास्थ्य क्लिनिक र ओम कान्तिपुर डेन्टल केयरलाई सिल गरेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सिएमए पढेका सुर्खेतका फत्तबहादुर खड्काले ४ महिना अघिदेखि दर्ता नै नगरी निभा स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका थिए ।

क्लिनिकबाट अवैध गर्भवतन गर्ने औषधिहरु र चिकित्सकको सल्लाहबिना बिक्री वितरण गर्न नपाउने औषधि बरामद भएको बताइएको छ । उक्त औषधिलाई इलाका प्रहरी कार्यालयमा नष्ट गर्नका लागि बुझाएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले जानकारी दिनुभयो ।

पछिल्लो समय बैतडी नियम विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुप्रति निगरानी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्