
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो आठ महिनाको अवधिमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमण हुँदा ७ जनाको मृत्यु भएको भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार देशका ७१ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने डा. मरासीनिले बताउनुभयो ।
शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो ।
नेपालमा डेंगुको पहिलो पटक २०६१ सालमा देखिएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
