Logo
|
Saturday 27th July 2024
Logo

epaper

आँखा पाक्ने प्रकोपः नेपालगन्ज र खजुराका विद्यालय बन्द



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । आँखा पाक्ने रोग फैलिएपछि नेपालगन्ज उपमहानगरपालिका र खजुराका सम्पूर्ण विद्यालय आजदेखि बन्द भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आजदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि साउन २४ गतेदेखि २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

बालबालिकाहरूको आँखा चिलाउने, पाक्ने र रातो हुने समस्या दिन प्रति दिन गुणात्मक रूपमा वृद्धि भइरहेकोले उक्त समस्याबाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने सङ्क्रमण देखिएकोले शिक्षा शाखाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

आँखा सम्बन्धि रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्