Logo
|
Wednesday 23rd October 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीको सय दिनमा ‘सेतो कोट दिवस’: स्वास्थ्यकर्मीलाई एप्रोन लगाएर सभागृहमा उपस्थित हुन निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा ‘सेतो कोट दिवस’ मनाउन लागिएको छ ।

उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका सबै कर्मचारीलाई सेतो कोट दिवसमा अनिवार्य उपस्थित हुन लिखित निर्देशन दिएको हो ।

भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सरकारी अस्पतालका सम्पूर्ण विभाग, युनिट र वार्डहरुमा कार्यरत चित्किसक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी अनिवार्य उपस्थितिको लागि उर्दी लगाइएको छ ।

कार्यक्रममा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई एप्रोन लगाएर तथा अन्य कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्