
जनस्वास्थ्य सरोकार, सुनसरी । डेङ्गी रोगको महामारी फैलिएको सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गरिने भएको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आज शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आपतकालीन अवस्थाको घोषणाका लागि सङ्घीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले पशुमा लाग्ने लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि स्थानीय तह तथा सरोकारवाला निकायले अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, आँखा पाक्ने रोगको महामारी नियन्त्रणका लागि नागरिक तहमा स्वास्थ्य प्रोटोकल पालनाको चेतना फैलाउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
